संघीय संसदकै शाैचालयमा पानी छैन
१ असोज, काठमाडाैँ । सत्तारूढ दलकै एक सांसदले संघीय संसदको शैचालयमै पानी नभएको भन्दै कर्मचारीको कार्याशैलीको बिरोध जनाएका छन । नेकपाका सांसद मोहन बानियाले सोमबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा सधैँ दूरदराजको कुरामात्र कति उठाउने भन्दै संसदको शाैचालयमा पानी नभएको विषय उठान गरे ।
उनले ठूला कुरा गर्नुभन्दा पहिला ससाना समस्याको समाधान खोज्नुपर्ने र विकृत प्रवृतिको अन्त्य हुनुपर्ने बताए । उनले सांसले चिया, खाजा र खाना खाने ठाउँमा समेत धुँवा, धुलो र पानी चुहिने समस्या रहेको भन्दै संसद सचिवालयको ध्यानाकर्षण गराए ।
प्रकाशित मिति : १ आश्विन २०७५, सोमबार १४:०४