१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

सरकारलार्इ कांग्रेस सांसदको प्रस्तावः दुर्इ तिहाइको सदुपयोग गरेर प्रधानमन्त्री दुर्इ वटा बनाउ

१ असोज, काठमाडाैँ । सरकारले एउटै संस्थामा दुर्इवटा कार्यकारी पदमा पदाधिकारी नियुक्ति गरेको विषयमा कांग्रेस सांसदले संसद बैठकमा बिरो जनाएका छन ।

सोमबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद भारत शाहले कार्यकारी महाप्रबन्धक भएको नेपाल वायुसेवा निगममा कार्यकारी अध्यक्ष नियुक्ति गरेकोप्रति व्यंग्य गर्दै दुर्इ तिहाइको मतको सदुपयोग गरी दुर्इवटा प्रधानमन्त्री बनाउन अाग्रह गरेका हुन । उनले एउटै कार्यालयमा दुर्इवटा कार्यकारी नियुक्त गरेकोमा अापत्ति जनाएका हुन ।

प्रकाशित मिति : September 17, 2018 at 1:34 pm