निर्मलाका बुबाअामालार्इ अोलीले भनेः हामी अपराधीलाई पक्राउ गर्छाैं, तपाईहरू घर जानुस्
१ असोज, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भिमदत्तनगरकी १३ वर्षीय बालिका निर्मला पन्तका बाबुअामालार्इ अपराधी पक्राउ गर्ने जानकारी दिए । सोमवार बालुवाटार पुगेका निर्मालाका आमाबुवा दूर्गादेवी र यज्ञराज पन्त, कञ्चनपुरका सांसद, अधिकारकर्मीसँग प्रधानमन्त्री ओलीले निर्मला हत्याकाण्डका अपराधीलाई कुनै पनि हालतमा सजाय दिइने बताए ।
प्रधानमन्त्रस् अोलीले कुनै पनि हालतमा निर्मला हत्याकाण्डका अपरधीले उन्मुक्ति नपाउने भन्दै निर्मला पन्तका बाबुअामालार्इ घर जान अाग्रह गरे । निर्मलाका आमाबुवाले प्रधानमन्त्री ओलीसँग भावुक हुँदै आफ्नी छोरीको हत्यारा पत्ता लगाउन गम्भीर हुन आग्रह गरेका थिए । अोलीले आफूले गृहमन्त्रीलाई आवश्यक निर्देशन दिइसकेको भन्दै अपराधी पक्राउ पर्नेमा आफू विश्वस्त रहेको बताए ।
प्रकाशित मिति : १ आश्विन २०७५, सोमबार १२:३५