वायु सेवा निगमको बोर्ड सदस्य नियुक्त भएको दुर्इ दिनमै मदन खरेल कार्यकारी अध्यक्षमा नियुक्त
१ असोज, काठमाडाैँ । सरकारले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा झापाका मदन खरेललाई नियुक्त गरेको छ । आइतबार रातिको मन्त्रिपरिषद् बैठकले खरेललाई निगमको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।
यसअघि शुक्रबारको मन्त्रिपरिषद बैठकले खरेललार्इ नेपाल वायुसेवा निगमको सञ्चालक समितिको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो। पर्यटन मन्त्री अधिकारीको प्रस्तावमा शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले खरेललाई सदस्यमा नियुक्त गरेको थियो। खरेललाई सञ्चालक समिति सदस्य नियुक्त गरेको दुर्इ दिनमै सरकारले कार्यकारी अध्यक्षको जिम्मेवारी सुम्पेको हो ।
निगमको सञ्चालक समितिमा अध्यक्षसहित ७ जना सदस्य रहने व्यवस्था छ। खरेल बर्तमान महाप्रबन्धक सुगतरत्न कंसाकार भन्दा अघि खुला प्रतिष्प्रर्धाबाट निगममा महाप्रबन्धक भएका थिए । त्यो बेला खरेलले कार्यकाल पूरा नगरी निगमबाट राजीनामा दिएएपछि सरकारले कंसाकारलाई महाप्रबन्धक नियुक्त गरेको थियो ।
प्रकाशित मिति : १ आश्विन २०७५, सोमबार ०६:४९