२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

१४ जनामा कोरोना संक्रमण पुष्टि, २० संक्रमणमुक्त

२९ कार्तिक, काडमाडाैं । नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ सय ६४ पिसिआर परिक्षणका क्रममा १२ जना र ४ सय ६६ एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप २० संक्रमित संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ४ सय ९१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : November 15, 2022 at 4:01 pm