प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से
२९ कार्तिक, काठमाडाैं । मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार २१.२९ अंकले बढेर १९०४.४५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.७६ अंकले बढेर १९०५.२१ विन्दुमा पुगेको छ।
मंगलबार प्रि ओपन सेसनमा ७ स्टकको ६ लाख २६ हजार २५ रुपैयाँ १९ पैसा बराबरको ९५६ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : November 15, 2022 at 11:01 am


