६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

पिपुल्स हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, अहिलेसम्म कतिले भरे ?

२९ कार्तिक, काठमाडाैं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज कार्तिक २९ गते अन्तिम दिन रहेको छ।

कम्पनीले कार्तिक २५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीकाे आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धकमा सानिमा क्यापिटलले जनाएको छ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५६ लाख ६ हजार ३९० कित्ता आईपीओ निष्कासन गरेको छ। यसमा आयोजन प्रभावित स्थानीयका लागि छुट्याइएको सेयर बाँडफाँट गरी बाँकी रहेको ८ लाख ६ हजार ३९० कित्तामा समावेश गरिएको छ।

कम्पनीले कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने २ लाख ८० हजार ३२० कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशतले हुन आउने १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएको छ । बाँकी ५१ लाख ५७ हजार ८८० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको ‘मेरो सेयर’बाट खरिद आवेदन दिन सक्नेछन्।

सीडीएससीका अनुसार हिजो साँझसम्म ९ लाख १९ हजार १०४ आवेदकबाट कुल १ करोड ९ लाख ६३ हजार १० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ। जुन मागभन्दा २.१२ गुणाले बढी हो।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलवार ०९:१६