५ चैत्र २०८२, बिहीबार | Thu Mar 19 2026

नेप्सेमा ३ अर्बको ऋणपत्र सूचीकृत

२८ कार्तिक, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज एक कम्पनीकाे ऋणपत्र  सूचीकृत भएको छ। नेप्सेमा आज कुमारी बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्र  सूचीकृत भएको हाे ।

नेप्सेमा कुमारी बैंकको ‘११ प्रतिशत केबीएल डिबेन्चर–२०८९’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो। यो ऋणपत्र १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ नेप्सेमा सूचीकृत भएको छ।

गत भदौ १७ गतेदेखि भदौ ३१ गतेसम्म कुमारी बैंकले यो ऋणपत्र बिक्री गरेको थियो। कुल ३ अर्बबराबरको ऋणपत्रमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिने तथा १२ लाख इकाइ सर्वसाधारणका लागि सार्वजनिक निष्कासनबाट बिक्री गरिएको थियो।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार १४:००