निर्मला हत्या काण्डः डिअार्इजी धिरू बस्नेतको नेतृत्वमा ‘शक्तिशाली’ समिति गठन
३१ भदाै, काठमाडाैँ । सरकारले कञ्चनपुर भिमदत्तनगरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिन गर्न अर्काे ‘शक्तिशाली’ समिति गठन गरिएको छ । सरकारले अाइतबार एअार्इजीमा सिफारिस भएका डीआर्इजी धिरु बस्नेतको संयोजकत्वमा अर्काे समिति गठन गरेको हो ।
बलात्कारपछिको हत्याको अनुसन्धान गर्नेक्रममा ६ जना प्रहरी नै निलम्बनमा परेपछि अनुसन्धान प्रभावकारी बनाउन डीअार्इजी बस्नेतको नेतृत्वमा समिति गठन गरिएको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले बताए । उनका अनुसार समितिले सुरूमा अनुसन्धानमा खटिएका प्रहरीको अनुसन्धान गरी यथाशीघ्र प्रतिवेदन बुझाउने छ ।
प्रकाशित मिति : ३१ भाद्र २०७५, आईतवार १६:२६