सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम ७७ करोडमा सिमित
२७ कार्तिक,काठमाडौं । साताको पहिलो काराेबारकाे दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १० अकंले घटेर १८८३.१६ बिन्दुमा बन्द भएको छ । आज २२५ कम्पनीको २० लाख २८ हजार ३४८ कित्ता सेयर किनबेच हुदाँ ७७ करोड ४९ लाख ११ हजार ७०६ रुपैयाँको कारोबार भएको हो ।
आज लक्ष्मी इक्विटी फण्डको सेयरमूल्य ७.५९ प्रतिशतले बढेर प्रतिकित्ता ८.०६ रुपैयाँ पुगेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट भएको छ । यसको आज १० करोड ३९ लाख भन्दा बढीको कारोबार भएको छ । आज नबिल ब्यालेन्स फण्ड २ र निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।
प्रकाशित मिति : २७ कार्तिक २०७९, आईतवार १५:१९












