४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

नेप्सेमा १ करोड ६ लाख कित्ता सेयर सुचिकृत

२५ कार्तिक, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार एक कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । नेप्सेमा शुक्रबार ङादी ग्रुप पावर कम्पनी कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ ।

नेप्सेमा कम्पनीको १५० प्रतिशत हकप्रद सेयर बापतको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीले गत साउन १८ गतेदेखि भदौ ७ गतेसम्म चुक्तापुँजीको १५० प्रतिशत हकप्रद सेयर जारी गरेको थियो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १ करोड ६ लाख ३ हजार ९८६ कित्ता सेयर आफ्ना सेयरधनीहरुलाई बिक्री गरेको थियो।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार १३:५१