बुधबार नेष्डो समृद्ध लघुवित्तसहित यी कम्पनीकाे भयाे सर्वाधिक कारोबार
२३ कार्तिक, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार सेयर बजारमा गिरावट आएकाे छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३९.१५ अकंले घटेर १९१७.२२ बिन्दुमा बन्द भएको छ ।
आज २२३ कम्पनीको २६ लाख ९७ हजार ७२३ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ४० करोड ७३ लाख ९५ हजार ४३६ रुपैयाँको कारोबार भएको छ । नेप्से ओरालो लागेपनि बुधबार नेष्डो समृद्ध लघुवित्तको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ६ करोड ७८ लाख २७ हजार रुपैयाँको कारोबार भएको हो ।

साथै, शिवम सिमेन्टको ६ करोड ८ लाख ४९ हजार रुपैयाँ, हिमालयन डिस्टलरीकोे ५ करोड १० लाख १० हजार रुपैयाँ, नेपाल रिइन्स्योरेन्सको ५ करोड ७ लाख ७७ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार १५:२२












