२२ भदौ २०८३, सोमबार | Mon Sep 7 2026

बुधबार नेष्डो समृद्ध लघुवित्तसहित यी कम्पनीकाे भयाे सर्वाधिक कारोबार

२३ कार्तिक, काठमाडाैं ।  साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार सेयर बजारमा गिरावट आएकाे छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३९.१५ अकंले घटेर १९१७.२२ बिन्दुमा बन्द भएको छ ।

आज २२३ कम्पनीको २६ लाख ९७ हजार ७२३ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ४० करोड ७३ लाख ९५ हजार ४३६ रुपैयाँको कारोबार भएको छ । नेप्से ओरालो लागेपनि बुधबार नेष्डो समृद्ध लघुवित्तको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ६ करोड ७८ लाख २७ हजार रुपैयाँको कारोबार भएको हो ।

साथै, शिवम सिमेन्टको ६ करोड ८ लाख ४९ हजार रुपैयाँ, हिमालयन डिस्टलरीकोे ५ करोड १० लाख १० हजार रुपैयाँ, नेपाल रिइन्स्योरेन्सको ५ करोड ७ लाख ७७ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : November 9, 2022 at 3:22 pm