२२ भदौ २०८३, सोमबार | Mon Sep 7 2026

बुधबार नेप्सेमा १२ कराेड २१ लाख कित्ता सेयर सूचिकृत

२३ कार्तिक, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार एक कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । नेप्सेमा बुधबार एनएमबि क्यापिटल लिमिटेडले निष्कासन तथा बिक्री गरेको एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड २ को इकाई सूचिकृत भएकाे हाे ।

नेप्सेमा फण्डको १२ करोड २१ लाख कित्ता इकाई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम दोस्रो बजारमा काराेबार हुन सक्ने गरी सूचिकृत भएको हो । फण्डले दोस्रो बजारमा कारोबारको लागि NSIF2​ सिम्बोल पाएकाे छ ।

प्रकाशित मिति : November 9, 2022 at 12:57 pm