६ पुष २०८२, आईतवार | Mon Dec 22 2025

पुरानो लाभांश लिन सेयरधनीहरुलाई नेरुडे लघुवित्तको आग्रह

२३ कार्तिक, काठमाडाैं । नेरुडे लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई ५ आर्थिक वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको छ।

लघुवित्त कम्पनीले आज एक सूचना प्रकाशित गरी आर्थिक वर्ष २०६६/६७, २०६७/६८, २०६८/६९, २०७०/७१ र २०७२/७३ को नगद लाभांश बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको हो। नगद लाभांश लिन आउँदा सेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथै परिचयपत्र लिएर आउन पनि संस्थाले आग्रह गरेको छ।

संस्थाले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र लाभांश लिन बाँकी सेयरधनीहरुलाई संस्थाको सेयर रजिस्ट्रार आरबीबी मर्चेन्ट बैंकिङको काठमाण्डौको टेकुस्थित कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ। तोकिएको मितिभित्र नगद लाभांश लिन नआएको खण्डमा लगानी संरक्षण कोषमा जम्मा गरिने पनि कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार ०९:३१