२ अर्ब बढीकाे कारोबार हुँदा साेमबार यी कम्पनीको भयो सर्वाधिक खरिदबिक्री
२१ कार्तिक, काठमाडाैं । साताकाे दास्राे काराेबारकाे दिन साेमबार सेयर बजारमा गिरावट आएको छ । आइतबार बढेकाे सेयर बजार आज फेरी ओरालो लागेको हो ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.४३ अकंले घटेर १९५८.९४ बिन्दुमा बन्द भएको छ । यस दिन २२४ कम्पनीको ४९ लाख ४४ हजार ७६ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब १० करोड ९१ लाख ६३ हजार ३८३ रुपैयाँको कारोबार भएको छ ।

नेप्से सामान्य घटेपनि जाल्पा सामुदायिक लघुवित्तको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज १५ करोड १६ लाख १३ हजार रुपैयाँको कारोबार भएको हो ।
साथै, शिवम सिमेन्टको ११ करोड ३९ लाख ५० हजार रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको १० करोड ६२ लाख ३९ हजार रुपैयाँ र रिडी पावरको ९ करोड ६० लाख ४ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार १५:१४












