४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

लघुवित्त संस्थाहरुको सेयरमूल्य उच्च अंकले बढ्यो, कुनको कति ?

२० कार्तिक, काठमाडाैं । साताको पहिलो काराेबारकाे दिन आइतबार सेयर बजारमा लघुवित्त वित्तीय संस्थाहरुको सेयरमूल्य उच्च अंकले बढेकाे छ । सेयर बजार खुलेको केही समयमा नै लघुवित्त संस्थाहारुको सेयरमूल्य उच्च अंकले बढेकाे हो ।

यो समाचार तयार पार्दासम्म जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमा सकारात्मक सर्किट लागेको छ । लघुवित्तको सेयरमूल्य १० प्रतिशत अर्थात ३०९ रुपैयाँ ९० पैसाले बढेर ३४०८ रुपैयाँ ९० पैसा पुगेको छ ।

त्यस्तै, नेष्डो सम्वृद्ध लघुवित्तको सेयर मूल्य ९.१८ प्रतिशत अर्थात २६४ रुपैंया ९० पैसाले बढेर ३ हजार १४९रुपैंया ९० पैसा पुगेको छ । साथै, उपकार लघुवित्तको सेयर मूल्य पनि ८.८० प्रतिशत अर्थात २९१ रुपैंया २० पैसाले वृद्धि भई ३ हजार ६०० रुपैंया कायम भएको छ ।

मनकामना स्मार्ट लघुवित्तको ७.३७ प्रतिशत, राष्ट्र उत्थान लघुवित्तको ६.३५ प्रतिशत, डिप्रोक्स लघुवित्तको ५.७६ प्रतिशत, स्वाबलम्बन लघुवित्तको ५.१२ प्रतिशत, एनआइसी एशिया लघुवित्तको ४.५९ प्रतिशत र छिमेक लघुवित्तको ४.४० प्रतिशतले सेयरमूल्य बढेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आईतवार १३:१३