निर्मलालार्इ न्याय माग्दै देशैभर प्रदर्शन, यसो भन्छन प्रधामन्त्री अोली (भिडियोसहित)
३० भदौ, काठमाडौँ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भिमदत्तनगरी १२ वर्षीया बालिका निर्मला पन्तलार्इ न्याय माग्दै देशैभर प्रदर्शन भएको छ । शनिबार काठमाडाैँसहित देशका प्रमुख सहरहरूमा निर्मलाको न्यायका निम्ति हजाराैँ नागरिक प्रदर्शनमा निस्किए । काठमाडाैँकाे माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन सयौं सहभागी भए ।
अाजको प्रदर्शनको भिडियो हेर्नुहोस्
बानेश्वरमा पुगेर सहभागीहरुले नाराबाजी गरिरहेका बेला निर्मलाका बुबा यज्ञराज र आमा दुर्गादेवीले नाराबाजीमा सहभागिता जनाएका थिए । प्रहरीले नै बलात्कारपछिको हत्याको प्रमाण नष्ट भएर पुरै देशभरबाट न्यायप्रेमी जनता उठ्दा समेत सिंहदरबारले न सुन्न सकेको छ न त देख्ननै तर अान्दोलन हिजो भन्दा अाज र अाज भन्दा भोलि चर्कदै गइरहेको छ । सरकारले हत्यारालार्इ कारबाहीको दायरा ल्याउने प्रतिवद्धता जनाए पनि त्यो प्रतिवद्धतामामात्र सीमित भएको छ ।
प्रधानमन्त्रीले केही दिनअघि मनोज पाण्डेसँगको एउटा कार्यक्रममा निर्मला हत्या प्रकरणबाटबारे यस्तो बताएका थिए ।
शनिबार भएको प्रदर्शनका तस्बीरहरू
प्रकाशित मिति : ३० भाद्र २०७५, शनिबार १७:०३