१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

देश बनाउने भन्दा पनि विकाउ नेताको आफू बन्ने सोचले मुलुकले दुःख पायोः अध्यक्ष ओली

१२ कार्तिक, झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा राजनीतिको नेतृत्व गर्ने नेता नै बिकाउ भएका कारण विकास सोचे अनुरुप अघि बढ्न नसकेको बताएका छन  । उनले देश गरिव भए पनि नेता बिकाउ धन्दामा नलागेको भए चाँडै विकास योजनाले गति लिने थियो तर नेताहरु देश बनाउने भन्दा आफू बन्ने सोचले बिकाउ धन्दामा लागेका कारण मुलुकले दुःख पाएको बताए ।

शनिबार झापाको दमक–९ स्थित कृष्ण मन्दिर चौकमा नेकपा (एमाले) र राप्रपाले संयक्त रुपमा आयोजना गरेको मतदातासँग उम्मेदवार कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त धारणा राखेका हुन । अध्यक्ष ओलीले भने– ‘नेकपा (एमाले) को नेतृत्वमा भएको सरकार ढाल्ने काम समेत यही बिकाउ धन्दामा लागेका नेताले भएको हो । एमालेभित्र पनि यस्तो सोच राखेका नेता थिए । जसले मुलुक बनाउने भन्दा आफू कसरी बन्ने भन्ने आशयले पार्टीभित्र चरम गुटबन्दी र बिकाउमा लागेर पार्टी फुटाएर आफ्नै पार्टीको सरकार ढालेको उनले बताए ।

प्रकाशित मिति : October 29, 2022 at 4:13 pm