वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले सत्तारूढ दल परित्याग गरे
२९ भदाै, काठमाडाैँ । प्रदेश नम्बर २ को एकमात्र महानगगर वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले सत्तारूढ दल परित्याग गरेका छन । उनले सत्तारूढ दल संघीय समाजवादी फोरमबाट राजीनामा दिएका हुन । महानगरको काममा अनावश्यक दबाव दिएको र खाली कमिसनमात्र मागेको भन्दै उनले राजिनामा दिएका हुन ।
व्यापारिक पृष्ठभूमिका सरावगी संघीय समाजवादी फोरमबाट वीरगञ्जको मेयर निर्वाचित भएका थिए । तर, पार्टीले अनावश्यक दबाव दिएको भन्दै उनले पार्टी छाड्ने निर्णय लिएका हुन । मेयर सरावगीले ह्वाट्सएपमार्फत पार्टी नेतृत्वलाई राजीनामा पत्र बुझाइसकेका छन ।
प्रकाशित मिति : २९ भाद्र २०७५, शुक्रबार १०:५३