२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

४१ जनामा कोरोना संक्रमण पुष्टि, ५९ संक्रमणमुक्त

६ कार्तिक, काठमाडाैं । नेपालमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ४ सय ४५ पिसिआर परिक्षणका क्रममा ३९ जना र ८ सय ५ एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप ५९ संक्रमित कोरोनामुक्त भएका छन् । आइतबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । हाल नेपालमा ६ सय ९६ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : October 23, 2022 at 3:41 pm