२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

नेकपाको साङ्गठनिक एकीकरणको प्रस्ताव तयार गर्ने जिम्मा अोली र प्रचण्डलार्इ

२८ भदाै, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले साङ्गठिनक एकीकरणको प्रस्ताव तयार गर्ने जिम्मेवारी अध्यक्षद्वयलाई दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साङ्गठनिक एकीकरणसम्बन्धी प्रस्ताव अब बस्ने सचिवालय बैठकमा पेश गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बुधबार र बिहीबार बसेको सचिवालय बैठक एकीकरणसम्बन्धी विषयमा टुङ्गोमा पुग्न नसकेकाले मापदण्ड बनाउने जिम्मेवारी अध्यक्षद्वयलाई दिएको हो । अध्यक्षद्वयले प्रस्तुत गर्नुहुने प्रस्तावलाई स्थायी समितिको बैठकमा प्रस्तावका रुपमा लैजाने उहाँले बताउनभुयो ।

उहाँले भन्नुभयो, “अध्यक्षद्वयले सचिवालय बैठकमा प्रस्तुत गर्ने प्रस्तावलाई स्थायी समितिमा पेश गरिनेछ, उक्त प्रस्ताव स्थायी कमिटीले स्वीकृत गरेसँगै साङ्गठनिक एकीकरणको प्रक्रिया अघि बढ्नेछ ।” शुक्रबार बिहान दुई अध्यक्षबीच एकीकरणका विषयमा थप छलफल हुने उहाँले जानकारी दिनुभयो ।–रासस

प्रकाशित मिति : 22:01