भारतसँग झगडा होइन मित्रता चाहन्छाैँः प्रधानमन्त्री अोली
२८ भदाै, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारतका बीच सिमानामा विवाद हुनु नहुने बताएका छन । नेपाल भारत अन्तर्राष्ट्रिय सीमा सम्बन्धि बैठकलाई बिहीबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सिमानामा देखिएका विवाद समाधान हुन नसक्ने प्रकारका नभएको बताए ।
“कहीँकतै समस्या देखियो भने दुई पक्षबीचको छलफल, विगतका प्रमाण, विज्ञका सुझाव लिनुहोस” प्रधानमन्त्री ओलीले भने “तपाईंहरुले संकलन गरेका सुझावहरु सरकारलाई बुझाउनुहोस र सरकारको रायका आधारमा निर्णय गर्नुहोस ।”
प्रधानमन्त्री ओलीले नेपाल भारत सम्बन्ध अहिले नयाँ उचाइबाट अघि बढेकोले त्यही कोणबाट भारतसँग कुरा गर्नुपर्ने बताए । “हामी झगडाको पक्षमा होइन दुई देशको मित्रताको पक्षमा छौं” प्रधानमन्त्री ओलीले भने । कार्यक्रममा नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्ट नेपाल भारत सिमानाको वर्तमान अवस्थाको बारेमा एक कार्यपत्र प्रष्तुत गर्नुभएको थियो ।
प्रकाशित मिति : २८ भाद्र २०७५, बिहीबार १७:५६