१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

एमसीसी पारित गराउन सफल अमेरिकी राजदूत र्‍याण्डी बेरीको नेपाली टोपीमा बिदाइ (फोटोफिचर)

१७ असोज, काठमाडौँ । अमेरिकी राजदूत र्‍याण्डी बेरीको औपचारिक बिदाइ गरिएको छ । आफ्नो कार्यकाल पूरा गरेर पनि थप एक वर्ष समय थपेर एमसीसी नेपालको संसदबाट अनुमोदन गराउन सफल भूमिका खेलाका बेरीको बिदाइ गरेको तस्बीरहरू नेपालस्थिति अमेरिकी दूतावासले सार्वजनिक गरेको छ ।

जहाँ नेपाली टोपीमा सजिएका राजदूत र्‍याण्डी बेरीको भव्य बिदाइ गरिएको छ । बेरीले नेपाली टोपीमै आफ्नो सम्बोधन गरेका छन । बेरी नामिबियाको राजदूतमा नियुक्त भएर जाँदैछन ।

नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्प्सनले सपथ लिइसकेका छन । थम्प्सनले नेपालको राजदूतमा नियुक्त भएपछि सपथ लिएका हुन ।

अमेरिकी राष्ट्रपति जो वाइडेनले अमेरिकी विदेश मन्त्रालयमा दक्षिण र मध्य एसिया हेर्दै आएका थम्पसनलाई नेपालको नयाँ राजदूतमा नियुक्त गरेका हुन । थम्पसन एसियाली मामिलाका विज्ञ समेत मानिन्छन ।

अनुभवी अमेरिकी कूटनीतिज्ञ थम्पसन रक्षा मामिलाका जानकार हुन् । नेपालका लागि अमेरिकीको राजदूत र्‍याण्डी बेरीको गत वर्ष नै कार्यकाल सकिए पनि एमसीसी अनुमोदन गराउन उनको म्याद थपिएको थियो ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार ०४:५४