२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

याैनकर्मीले लुकेर धन्दा चलाउँदा निश्चित मान्छेले मात्रै फाइदा लिएः मुख्यमन्त्री गुरूङ

 २६ भदाै, काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यौन व्यवसायलाई व्यवस्थित बनाउन यौनकर्मीलाई परिचयपत्रको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन । मंगलबार पोखरामा होटल संघ नेपालले गरेको कार्यक्रममा मुख्यमन्त्री गुरूङले कि ‘रेडलाइट एरिया’ हुनुपर्ने या त परिचयपत्रको व्यवस्था गर्नुपर्ने बताए ।

उनले भने ‘जति रोक्न खोजेपनि भित्रभित्र धन्दा भइरहेकै छ, बरु धन्दा गर्नेलाई परिचयपत्र दिएर व्यवस्थित बनाऔं ।’ लुकेर धन्दा चलिरहँदा केही निश्चित मान्छेले मात्रै फाइदा लिइरहेको उनको दाबी थियो । प्ररिचयपत्रको व्यवस्था गरे थोरे थोरै कर पनि संकलन गर्न सकिने गुरूङले बताए ।

उनले विभिन्न जिल्लाबाट कर्मचारी पोखरा आउने क्रममा सरकारी अतिथिगृहमा नबसी लेकसाइड जाने गरेको प्रसंग पनि सुनाउँदै भने ‘हाम्रै कर्मचारी पनि बिदा मनाउन आउँदा क्वार्टरमा बस्दैनन्, लेकसाइड जाने कारण त्यही रहेछ ।’ कर्मचारी बिदा मनाउन आउँदा यौनकर्मी खोज्दै लेकसाइड जाने गरेको उनको आसय थियो ।

प्रकाशित मिति : 19:22