१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

अनेरास्ववियुकी अध्यक्ष सुनिता बराल ग्लोबल युथ आइकन अवार्डबाट सम्मानित

१४ असोज, काठमाडाैँ । नेकपा एमालेकी केन्द्रीय सदस्य समेत रहेकी अनेरास्ववियुकी अध्यक्ष सुनिता बराल ग्लोबल युथ आइकन अवार्ड २०२२ बाट सम्मानित भएकी छिन । मैलेसियामा भैरहेको ग्लोबल युथ फेस्टिबलमा बराल सम्मानित भएकी अनेरास्ववियुले जनाएको छ ।

कार्यक्रममा सहभागी हुन अनेरास्ववियुकी अध्यक्ष बरालसहित उपमहासचिवद्वय सुदर्शन सिवाकोटी र गोविन्द गिरी, स्थायी कमिटी सदस्यहरू सुजन कार्की, सुन्दर घिमिरे, राजेश नेपाली र सन्तोष पौडेल तथा सचिवालय सदस्य सागरहरि अधिकारी मलेसियामा रहेका छन ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार १९:५२