रेखा थापा राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिमा मनोनित
१३ असोज, काठमाडाैँ । नेत रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित भएकी छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले थापालाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनयन गरेको राप्रपाले जनाएको छ । थापा यसअघि केन्द्रीय सदस्यमा मनोनित भएकी थिइन । लिङ्देन समूहबाट महामन्त्रीको उम्मेदवार बनेकी थापा कुन्ती शाहीसँग पराजित भएकी थिइन ।
प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार ०९:२०