१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

काठमाडाैँ उपत्यका खानेपानी लिमिटेडले सुत्करी विदामा बसेकी कर्मचारी बिना सूचना हटायो

१३ असोज, काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले सुत्करी बिदामा बसेकी कर्मचारीको विना सूचना सरूवा गरेको छ । लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ई मिलनकुमार शाक्यले क्षेत्रपाटी शाखाकी प्रमुख बिना महर्जनको सुत्केरी विदामा बसेको एक सातामै सरूवा गरिदिएका हुन ।

शाक्यले सुत्केरी विदामा रहेकी बिनालाई सामान्य सूचना समेत नदिई सरूवा गरिदिएको कार्मचारीहरूले बताएका छन । उनीहरूले कुनै पनि कर्मचारीको कार्यरत रहेको स्थानमा कम्तिमा दुई वर्षसम्म काम दिनुपर्ने संस्थागत प्रावधान समेत मिचेर शाक्यले आर्थिक चलखेलमा सरूवा गरेको गुनासो गरेका छन ।

शाक्यले बिनालाई हटाएर सुरेन्द्र रावललाई पठाएको छ । बिना ९ तहमा कार्यरत सिभिल इन्जिनियर हुन भने उनलाई हटाएर ल्याइएका रावल ७ तहका हुन । बिनाको बिदा स्वीकृत भएसँगै लिमिटेडले केही दिनका लागि क्षेत्रपाटी शाखामै कार्यरत रहेका सर्जु प्रधानलाई निमित्तको जिम्मेवारी दिएको थियो ।

तर लिमिटेडका प्रमुख कार्यकारी अधिकृतले बिनाको केन्द्रीय कार्यालयमा सरूवा गरेर असोज ११ देखि नै रावलले क्षेत्रपाटी शाखामा हाजिर गरिसकेकाछन । बिनाको सरूवाको पत्र क्षेत्रपाटीको कार्यालयमा पुगेको भए पनि उनले बुझेकी छैनन्, उनी सुत्केरी विदामै रहेका कारण कर्मचारीले फोन गरेर जानकारी दिने तयारी गरेका छन ।

कर्मचारीहरूले भने पाइपलाइन लगायतको काममा कमिसन उठाउने गरी शाक्यले रावललाई पठाएको आरोप लगाएका छन । हामीले शाक्यको प्रतिक्रियाका लागि मोबाइलमा फोन र एसएमएस गरेका थियौ तर उनले कुनै प्रतिक्रिया जनाएनन् ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार १५:५३