१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

नेपाल समाचारपत्रका कार्यकारी सम्पादक दीपक रिजालसहित तीन पत्रकार सम्मानित

१३ असोज, काठमाडाैँ । चन्द्रलोक प्रतिष्ठानले बिभिन्न बिधामा उल्लेख्य योगदान पु¥याएका व्यक्तिलाई सम्मान गरेको छ ।बुधबार पर्यटन बोर्डको हलमा आयोजना भएको उक्त कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सम्मान गरेका थिए ।

चन्द्रलोक प्रतिष्ठानले न्युज अफ नेपालका सम्पादक तथा नेपाल समाचारपत्रका कार्यकारी सम्पादक दीपक रिजाल लगायत बिभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई सम्मानित गरिएको थियो । उक्त सम्मानबाट जनता टेलिभिजनका सम्पादक टंक पन्त, गोरखापत्र दैनिकका फोटो पत्रकार कविता थापा लगायतका ब्यक्ति सम्मानित भएका थिए ।

संस्थाका अध्यक्ष सीताराम कार्कीले बिभिन्न क्षेत्रमा ख्याती कमाएका ब्यक्तिलाई सम्मान गर्न पाएकोमा आफु हर्षित भएको प्रतिक्रिया दिए ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार ०७:२३