निर्मला हत्या प्रकरण झन रहस्यमय बन्दै, छानविन समिति सदस्यको राजिनामाबारे अनुसन्धान हुने
२६ भदाै, काठमाडाैँ । कञ्चनपुर भीमदत्तनगरकी १३ वर्षीय निर्मला पन्तको हत्याबारे छानविन गर्न बनेको उच्चस्तरीय समितिका सदस्यले दिएको राजिनामाबारे पनि छानविन हुने भएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले छानविन समितिका सदस्य वीरेन्द्र केसीले दिएको राजिनामाको बारेमा छानविन हुने बताएका छन ।
जिल्ला सहकारी संघ, काभ्रेको साधारणसभामा सहभागी हुन काभ्रे पुगेका बादलले राजिनामाले आफूलाई गम्भीर बनाएको भन्दै राजिनामा किन आयो भन्ने विषयमा हामी छानविन गर्ने बताए । प्रदेश ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिवसमेत रहेका उनले समितिको म्याद थप भएकोमा असन्तुष्टि जनाएका छन् र घटनाका मुख्य अपराधीबाट आफूलाई असुरक्षा भएको दाबी गरेका छन् ।
प्रकाशित मिति : २६ भाद्र २०७५, मंगलवार १२:१३