२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

देउवाको अतिवादविरूद्ध कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना

११ असोज, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखाएको अतिवादका विरूद्ध इतर समूहले भोलिदेखि केन्द्रीय कार्यालयमा धर्ना गर्ने भएको छ ।

११० जनाको समानुपातिक सूचीमा ९७ जना एउटै गुटकका नेता समावेश गरेर निर्वाचन आयोगमा पुर्याएपछि देउवाविरूद्ध इतर समूहका नेता कार्यकर्ताले खबरदारी अभियान घोषणा गरेर आन्दोलननै सुरू गरेका छन ।

उनीहरूले समानुपातिकको बन्दसूची तत्काल सच्याउन माग गर्दै दबाब मुलक कार्यक्रमहरू गरिरहेका छन । उनीहरूले असोज १२ र १३ मा समानुपातिकको बन्दसूची सच्याउन दबाब दिन आन्दोलन गर्न लागेको जानकारी दिएका छन ।

नेपाली कांग्रेसका नेता जगदीश्वरनरसिंह केसीले असोज १२ मा पार्टी कार्यालय सानेपामा दिउँसो १२ देखि १ बजेसम्म १ घन्टा धर्ना र १३ गते दसैँ, तिहार र छठलगायतको अवसरमा चियापन कार्यक्रममार्फत दबाब दिने कार्यक्रम रहेको बताए ।

प्रकाशित मिति : 10:15