१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

मेलम्ची फट्केश्वर साँखु सडकको अवस्था दयनीय, गुड्नुपर्ने गाडी हिलोमा गाडिन्छ

९ असोज, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची फट्केश्वर साँखु सडकको अवस्था दयनीय बनेको छ । विभिन्न स्थानमा हिलोका कारण गाडीहरू गुड्नै समस्या भएको छ ।

काठमाडौँबाट मेलम्ची जाने र मेलम्चीबाट काठमाडौँ आउने गाडीहरू छापभञज्याङ माथिको सडकको हिलोमा गाडिएका छन । दिनदिनै परिरहेको पानीका कारण मेलम्ची फट्केश्वर साँखु प्रयोग गर्नेहरूले पीडा भोगिरहेका छन ।

आइतबार राजन श्रेष्ठले कैद गरेका तस्बीर र भिडियो यहाँ हेर्न सक्नुहुन्छ । श्रेष्ठले धेरै यातायातका साधनहरू अलपत्र परेको जानकारी दिए ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आईतवार १४:१८