२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

कांग्रेसको समानुपातिककाे सूची नसच्चिए विकल्प साेच्ने नेता केसीको चेतावनी

८ असोज, काठमाडाैँ । नेपाली कांग्रेसका नेता जगदिश्वर नरसिंह केसीले समानुपातिककाे सूची नसच्चिए विकल्प साच्ने चेतावनी दिएका छन । शनिबार काठमाडाैँमा कांग्रेस संस्थापन इतर समूहको भेलालाई सम्बोधन गर्दै नेता केसीले समानुपातिककाे सूची एकपक्षीय रहेको भन्दै उनले सच्चयाउन सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराए ।

नेता केसीले भने ‘१६ असोजसम्म नसच्याउने हो भने त्यसको विकल्पमा विकल्पमा हामी अगाडि बढ्नुपर्ने परिस्थिति निर्माण हुनसक्छ।’ केसीले समानुपातिकको बन्दसूची पेस गर्दा पार्टीको अर्को समूहलाई अन्याय गरिएको जानकारी दिए ।

उनले पार्टी सभापति देउवाले पार्टीभित्रको आन्तरिक एकतालाई भन्दा पाँच दलीय गठबन्धनलाई प्राथमिकतामा राखेको आरोप लगाए । केसीले सभापति देउवा सिंगो कांग्रेसको सभापति बन्न नसकेको बताए ।

प्रकाशित मिति : 18:08