२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

स्थानीय चुनावपछि एमाले प्रवेश गर्ने एक लाख नाघे, जनकपुरमा पूर्वमन्त्रीसहित हजाराैँ प्रवेश गर्दै

८ असोज, काठमाडौँ । स्थानीय निर्वाचनपछि नेकपा एमाले प्रवेश गर्ने एक लाख नाघेका छन । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका प्रचार विभागका उपप्रमुख विष्णु रिजालले नेकपा एमाले प्रवेश गर्नेको संख्या १ लाख २२ हजार पुगेको जानकारी दिए । उनले शनिबार मधेश प्रदेशको केन्द्र जनकपुरमा एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा हजारौँ मानिसहरू एमाले प्रवेश गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

एमाले प्रचार विभागका सचिव गगन विष्टका अनुसार एमाले प्रवेश गर्नेको संख्या एक लाख नाघेको अवसरमा काठमाडौँ उपत्यकामा रहेको पार्टी कार्यालयको हलमा शनिबार ‘पार्टी क्रस एक लाख प्लस’ कार्यक्रमको मनाउन लागिएको जानकारी दिए । सो अवसरमा विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गराउने कार्कक्रम रहेको छ ।

जनकपुरमा पूर्वमन्त्री एमाले प्रवेश गर्दै

जनकपुमार शनिबार पूर्वमन्त्री उमाशंकर अरगरियासहित दश हजार बढी नेता कार्यकर्ता एमाले प्रवेश गर्दैछन । मधेश प्रदेशका जसपा र लोसपाका १० बढी त सांसद नै एमालेमा प्रवेश गरेका छन ।

प्रकाशित मिति : September 24, 2022 at 8:38 am