१५ आश्विन २०८१, मंगलवार | Wed Oct 2 2024

राष्ट्रपतिविरूद्ध विज्ञप्ति नै निकालेर चार दलको कित्तामा उभिए उपराष्ट्रपति पुन

५ असोज, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन राष्ट्रपति विद्यादेवी भण्डारीको विरूद्धमा विज्ञप्ति जारी गर्दै चार दलको कित्तामा उभिएका छन । उनले बुधबार एक विज्ञप्ति जारी गरेर आफूलाई चार दलको कित्तामा उभ्याएका हुन ।

संसदको आयु समाप्त भएसँगै विधेयकहरू स्वत निस्क्रिए हुँदा नागरिकता विधेक पनि निष्किय भएपछि उपराष्ट्रपति पुनले विज्ञप्ति नै निकाले आफूलाई चार दलको कित्तामा पुर्याएका हुन ।

राष्ट्रपति संस्थालाई सहयोग गर्नुपर्ने उपराष्ट्रपति विज्ञप्ति निकालेर भारतीय लैलैमा दगुरीरहेका चार दलको पछि लाग्नु बिडम्बना भएको जानकारहरूले बताएका छन । उनीहरूले पुनको यो कदम उचित नभएको बताएका छन । त्यस्तै केही घण्टा प्रधानमन्त्री देउवाले पनि राष्ट्रपतिको विरूद्धमा विज्ञप्ति निकालेका थिए ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार १६:३०