३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

४ असाेज,  सुर्खेत (भेरीगङ्गा) । सञ्जिता गौतम मानवसेवा आश्रम कर्णाली प्रदेश संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । गौतमको जन्म भने धुलिखेल नगरपालिका–११ काभ्रेडाँडा गाउँमा भएको हो । मध्यम परिवारमा जन्मिएकी सञ्जिता समाज परिवर्तन र रुपान्तरणका लागि सङ्घर्ष गरिरहनुभएको छ । उनले सानैदेखि नै गरिब, दुःखीलाई सहयोग गर्नुपर्छ भनेर सोच राख

समाजका सबै व्यक्ति समानरुपमा बाँच्न पाउनुपर्छ भनेर वकालतसमेत गर्ने गर्थे । गौतमको लक्ष्य नै दिनदुःखी र गरिबलाई सेवा गर्ने थियो । विद्यालयमा पढ्दादेखि नै साथीसँग मिलनसार गौतम सिर्जनशीलसमेत हु । समाजमा सबै व्यक्तिको हैसियत बराबर हुनुपर्छ भन्ने सोच राख्ने गौतम समाजको विभेद् देख्दा भने चिन्तित थिए ।

गौतमको गाउँका धेरै मानिस गरिबीको रेखामुनि थिए । गाउँमा दलित बस्ती थियो । दलित समुदायका मानिसमाथि विभेद् पनि उत्तिकै थियो । कसैका घर थिएनन् भने कसैले मागेर खानुपर्ने अवस्था थियो । यस्तो अवस्था देख्दा सञ्जितालाई धेरै दुःख लाग्थ्यो । यो समाजको रोग हो, भनेर उहाँले समाज रुपान्तरण गर्ने अठोट लिए ।

पढ्न नपाएका बालबालिकाका अविभावकलाई शिक्षाको महत्वका बारेमा समेत जानकारी गराउनुहुन्थ्यो सञ्जिताले । उनको सहयोगी स्वभाव देखेर गाउँका सबै मानिसले असल व्यक्तिकारुपमा चिन्ने गर्थे । समाजमा रहेको विभेद् अन्त्य हुनुपर्छ, मानिस मानिस एउटै हो भनेर वकालतसमेत उनले भने ।

गौतम कक्षा १२ पढ्दै गर्दा समाजलाई धेरै बुझ्ने भइसकेका थिए । समाजको हरेक चित्र उनको मानसपटलमा घुम्न थाल्यो । गौतम भन्छन्, “मानिसको दुःख देख्दा मलाई साह्रै पीडा हुन्थ्यो, यो समाजमा कोही मागेर खानुपर्ने, कोही महलमा बस्नुपर्ने किन भइरहेको छ ? मेरो मनमा प्रश्न उब्जिने गथ्र्यो, अनि मैले सोचे अब मेरो हरेक समय दुःखमा परेका मानिसलाई सहयोग गर्नुपर्छ, सधैँ यही सेवामा लाग्नुपर्छ भन्ने लक्ष्य नै बनाएँ ।”

उनले २०७१ सालमा कक्षा १२ उत्तीर्ण गरे । उनले समाज रुपान्तरणको अभियानमा लाग्ने लक्ष्य लिए । “मानव सेवा नै संसारको सबैभन्दा ठूलो काम हो भन्ने मलाई लाग्न थाल्यो, विभेदमा परेका मानिस देख्थेँ, उनीहरुको दुःख आफ्नै जस्तो लाग्थ्यो ।” यस अभियानबाट नै मानव सेवा गर्ने र विभेद्रहित मात्र होइन, सुखी समाज बनाउने उनको योजना छ ।

सञ्जिताले सुरुमा हेटौँडामा रहेर मानवसेवा आश्रमबाट आफ्नो सेवा प्रारम्भ गर्नुभयो । त्यसपछि गोर्खा मानवसेवा बालआश्रम हुँदै कास्की पोखरामा रहेको मानवसेवा आश्रममा लामो समय काम गरे ।

“आश्रममा सेवा गर्दा अझै मासिनको दुःख देख्दा जति नै सेवा गरे पनि नपुगे जस्तो लाग्थ्यो मलाई”, उनी भन्छन् । त्यसपछि त जति नै चुनौती सामना गरे पनि उनले यो सेवामा तल्लीन हुन थाले । अहिले उनी सुर्खेतमा रहेको मानवसेवा आश्रममा चार वर्षदेखि असहाय अवस्थामा सडकमा छाडिएका व्यक्तिको सेवामा लागि ररेका छन् । अहिले सो आश्रममा ७० जनाले आश्रय लिइरहेका छन् ।

मानव सेवा गर्दा धेरै चुनौती आउँछन् । सहाराविहीन व्यक्तिलाई सहारा दिनु चानचुने विषय पनि होइन । कति व्यक्ति मानसिक सन्तुलन गुमाएका पनि हुने गर्छन्, उनीहरुको सेवा गर्नुपर्ने धेरै चुनौती छन् । “सहाराविहीन मानिसलाई आश्रय दिएर आफन्तसँग भेट गराउँदा जीवनकै सबैभन्दा धेरै खुसी मिल्ने रहेछ”, सञ्जिता भन्छन् ।

उनले मानवसेवा गर्न थालेपछि सुर्खेतमा मात्रै आश्रमबाट झण्डै डेढ एक सय ५० जनालाई आफन्तसँग मिलन गराइसकिएको छ । विसं २०७५ देखि सेवा सुरु गरेको आश्रमले मानवसेवा आश्रम सुर्खेतले साउन र भदौ महिनामा मात्रै आठ जनाको उद्धार गरेको छ भने दुई जनाको पुनःमिलन गराएको जनाएको छ । हाल बुटवल आश्रममा ७३ जनाले आश्रय लिइरहेको मानवसेवा आश्रम कर्णाली प्रदेशले जानकारी दिएको छ । यसमा पुरुष ३८, महिला २७ र बालबालिका छ जना रहेका छन् ।

प्रकाशित मिति : September 20, 2022 at 2:15 pm