२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

लोकतान्त्रिक अधिकारको सदुपयोग गर्न राष्ट्रपतिको अपिल

३ असोज, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आमनिर्वाचनमा सक्रियतापूर्वक सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकारको सदुपयोग गर्न सबै मतदातामा हार्दिक अपिल गरेकी छिन ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०७९ का अवसरमा शुभकामना दिँदै उनले शान्तिपूर्ण, निष्पक्ष र स्वतन्त्र वातावरणमा मतदान गर्न पाउने नागरिक अधिकार सुनिश्चित गर्न नेपाल सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, राजनीतिक दल, सञ्चार माध्यमका साथै सम्पूर्ण जनसमुदायमा आह्वान पनि गरेकी छिन ।

संविधानद्वारा सुनिश्चित मौलिक अधिकार कार्यान्वयन गरी राज्यबाट प्राप्त हुने सेवासुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुपर्ने राष्ट्रपतिले बताएकी छिन । देशको हित र जनताको उन्नतिभन्दा ठूलो अर्को कुनै लक्ष्य हुन नसक्ने राष्ट्रपतिको सन्देशमा उल्लेख छ ।

भण्डारीले संविधानको पालना र कार्यान्वयन गर्न राज्यका सबै अङ्गले निष्पक्ष र न्यायपूर्ण भूमिका खेल्ने विश्‍वास सन्देशमार्फत व्यक्त गरेकी छिन ।

प्रकाशित मिति : September 19, 2022 at 10:03 am