१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

प्रधानन्यायाधीश राणा ११ बजे सर्वोच्चमा हाजिर हुने, दीपक कार्कीले के गर्लान ?

२ असोज, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा आजदेखि सर्वोच्च अदालत फर्किने भएका छन । महाअभियोगका नाममा भएको नाटक मञ्चन प्रतिनिधिसभाको कार्यकाल समाप्त भएसँगै सकिएकाले प्रधानन्यायाधीशकै हैसियतमा राणा आइतबार सर्वोच्च अदालत फर्किन लागेका हुन । उनले प्रतिनिधिसभाको कार्यकालसँगै महाअभियोगको विषयमा सम्पूर्ण रूपमा सकिएकाले आजबाट सर्वोच्च फर्किन लागेको जानकारी दिए ।

आइतबार बिहान दैनिकीसँग कुरा गर्दै प्रधानन्यायाधीश राणाले आफू बिहान ११ बजे सर्वोच्च अदालतमा पुग्ने जानकारी दिए । तपाइ सर्वोच्चमा काम गर्ने गरी फर्किन लाग्नु भएको हो भन्ने दैनिकीको प्रश्नमा प्रधानन्यायाधीश राणाले भने, ‘हो म बिहान ११ बजेदेखि सर्वोच्च अदाततको काममा फर्किन्छु ।’ राणाले आफू अदालतका कामका लागि फर्किन लागेको जानकारी सर्वोच्च अदालतको प्रशासनमा समेत गराएका छन ।

सत्तारूढ दलका सांसदले संविधान र कानुनको अपव्याख्या हुने गरी  गरी अर्को प्रतिनिधिसभामा महाअभियोग पेश हुने गरी अघि बढाउन भन्दै सभामुखलाइ सिफारिस गरेको भोलिपल्टै प्रधानन्यायाधीश राणा काममा फर्किन लागेका हुन । उनले यसअघि संसदीय समितिमा उपस्थिति भएर नै महाअभियोगको औचित्य समाप्त भैसकेको बताएका थिए ।

राणामाथि छानबिन गरिरहेको संसदको आयु नै शनिबार रातिदेखि सकिएको छ । प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै महाअभियोग स्वतस् निष्क्रिय भएकाको छ । यद्यपी सत्तारूढ दलका कानुनव्यवसयाीले त्यसलाइ अस्वीकार गर्दै आएका छन । संसदीय समितिमा रहेका ११ सदस्य मध्ये ५ सदस्य महाअभियोको विपक्षमा रहेका छन । दलको रूपमा एमाले र लोसपा महाअभियोगको विपक्षमा उभिएका छन ।

राणा सर्वोच्च जाने भएपछि राजनीतिक दलका नेता, व्यापारी र अन्तर्राष्ट्रिय कनेक्सन भएको गिरोहको सहायतमा सर्वोच्चमै आन्दोलन र हडताल गरेर कामुको जिम्मेवारी लिएका न्यायाधीश दीपक कार्कीले के गर्छन भन्ने हेर्न बाँकी छ । उनी कामु बन्नकै लागि प्रधानन्यायाधीशमाथि महाअभियोगको जालो बुनिएको आरोप लाग्दै आएको छ।

प्रकाशित मिति : २ आश्विन २०७९, आईतवार ०९:२५