१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

गायब भएको टुकुचा खोला जयनेपाल हलकाे कम्पाउन्डमा भेटियो (भिडियाे)

३० भदाै, काठमाडाैं । काठमाडौं महानगरपालिकाले गायब भएको टुकुचा खोला भेटाएको छ । बिहीबार महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा खनेर हेर्दा हातिसारस्थीत जय नेपाल हलको कम्पाउन्ड टुकुचा खोला भेटिएको हो ।

नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला जय नेपाल हलक्षेत्रमा गायब भएको बताउँदै स्थानीयहरुले उत्खननको माग गर्दै आएका थिए । टुकुचा खोला पत्ता लगाउन महानगरले डोजर लगाएर बिभिन्न स्थानमा खनेको थियो । जय नेपाल हलको कम्पाउन्डमा करिव १५ फिट खन्दा नै टुकुचाको वहाव भेटिएको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार १८:२८