१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

पेट्रोलियम ढुवानी व्यवसायीद्वारा आन्दोलन फिर्ता, तीन बुँदे सहमति

२९ भदाै, काठमाडाैं । पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा तीन बुँदे सहमति भएपछि नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ आन्दोलन फिर्ता लिन तयार भएको हो ।

आजैबाट आन्दोलनका कार्यक्रम स्थगित गरी ढुवानी सेवा सूचारु गर्ने सहमति भएकाे छ । तीन बुँदे सहमतिअनुसार नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले विगत लामो समयदेखि ढुवानी भाडा समयसापेक्ष वृद्धि तथा समायोजन गर्न माग गरेकामा यसबारेमा असोज ७ गते सम्ममा निर्णय गरी लागू गर्ने सहमति भएको छ ।

यस्तै नेपाल पेट्रोलियम टैंकर चालक संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले राखेका मागका सम्बन्धमा महासंघको प्रतिनिधि सहित सम्बन्धित संघ तथा संगठनको प्रतिनिधिहरूको उपस्थितिमा आवश्यक छलफल गरी उचित सम्बोधन गर्ने सहमति भएको छ ।

आज भएको सहमतिसँगै आन्दोलनका कार्यक्रमहरू हाललाई स्थगित गरी आजैको मितिबाट आपूर्ति सहज गर्न ढुवानी सेवा सुचारु गर्ने सहमतिपत्रमा उल्लेख छ ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार २०:४२