३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

डेंगुको प्रकोपबाट बच्न कर्मचारीहरुलाई पूरा बाहुला भएका पोसाक लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

२ठ  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगुको प्रकोप बढ्न थालेपछि कर्मचारीहरुलाई पूरा बाहुला भएका पोसाक लगाउन आग्रह गरेको छ। मन्त्रालयले आज (सोमबार) एक सूचना जारी गर्दै नेपाल सरकारका सम्पूर्ण कर्मचारीहरु एवं सार्वजनिक, सामुदायिक र निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरुमा यस्तो अनुरोध गरेको हो ।

प्रायः दिनको समय, विशेष गरी बिहान र बेलुकाको समयमा सक्रीय रहने एडिज जातको लामखुट्टेको टोकाईबाट डेंगु रोग लाग्ने हुनाले, डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न र कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन मन्त्रालयले निर्देशन दिएको छ ।

डेंगु प्रकोपलाई ध्यानमा राखेर मन्त्रालयले प्रतिकार्य योजना बनाई विभिन्न गतिविधि सञ्चालन गरिरहेको छ। डेंगुको बढ्दो संक्रमणलाई न्यूनीकरण गर्न प्रदेश, जिल्ला र स्थानीय तहसँगको समन्वयमा लामखुट्टेका लार्भा ‘खोज र नष्ट गर’ अभियानलाई तीव्र बनाइएको सूचनामा उल्लेख छ।

 

प्रकाशित मिति : September 12, 2022 at 2:58 pm