२० असार २०८३, शनिबार | Sat Jul 4 2026

नुवाकोट एमालेको सम्पर्कमा आए योविन्द्र तामाङ, अब चुनावी प्रचारमा हिड्ने

२६ भदौ, नुवाकोट । नेकपा एमालेले गत वैशाखको स्थानीय तह निर्वाचनमा एक हातले पार्टी सदस्यता र एक हातले दुप्चेश्वर गाउँपालिकाको टिकट दिएको योविन्द्र तामाङ पार्टीको सम्पर्कमा आएका छन ।

शनिबार उनीसँगै एमाले प्रवेश गरेका सुनबहादुर तामाङको बारेमा समाचार प्रकाशित भएपछि तामाङ आइतबार बिहानै नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीको काठमाडौँको वनस्थली हाइटमा रहेको घरमा पुगेर अब एमालेमा सक्रिय रहने प्रतिवद्धता जनाएका छन ।

स्थानीय तहको निर्वाचनमा एमालेको झण्डामा हिडेँको भए पनि त्यसपछि उनी पार्टीको सम्पर्क र जिम्मेवारी दुबैमा थिएनन् । उनी आइतबार भने आफैँ मैनालीको निवासमा पुगेर अब एमालेको गतिबिधिमा लाग्ने जानकारी गराएका हुन । उनीसँगै एमाले प्रवेश गरेका सुशील खड्का अहिले एमाले नुवाकोटको जिल्ला कमिटी सदस्य रहेका छन तर उनी पार्टीको कुनै जिम्मेवारीमा छैनन् ।

यद्यपी तामाङले अब आफू एमालेको बाटोमा हिड्ने बताएका छन । उनले पूरै समय दिएर आफू चुनावी प्रचारमा लाग्ने बताएका छन ।

प्रकाशित मिति : September 11, 2022 at 10:58 pm