२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

नागरिकता विधेयक प्रमाणिकरणको माग गर्दै नेविसंघले राष्ट्रपतिकाे पुत्ला जलायाे

२६ भदौ, काठमाडौँ । नागरिकता विधेयक छिटो प्रमाणिकरणको माग गर्दै नेविसंघको प्रदर्शन गरेको छ । आइतबार बिहान नेविसंघका नेताहरूले त्रिचन्द्र क्याम्पस अघि प्रहरीमाथि ढुंगामुढा गर्दै प्रदर्शन गरेका हुन ।

उनीहरूले नागरिकता विधेयक चाँडो प्रमाणिकरण गर्न माग गरे । राष्ट्रपति विद्यादेवि भण्डारीको विरूद्धमा चर्को नाराबाजी गर्दै उनीहरूले प्रहरीमाथि ढुंगा बर्साएका हुन । उनीहरुले राष्ट्रपतिकाे पुत्ला पनि जलाए । झडपमा  केही प्रहरी घाइते भएका छन ।

प्रकाशित मिति : 10:38