उपेन्द्र यादव नगएपछि गठबन्धनका बैठकका लागि बालुवाटार पुगेका नेता घर फर्के
२५ भदौ, काठमाडौँ । सिट भागवण्डाका लागि अन्तिम कसरतमा रहेका सत्तारूढ पाँच दलीय गठबन्धनका नेताहरू शनिबार राति बैठकका लागि प्रधानमन्त्री निवास बालुवाटारमा जम्मा भएको भए पनि जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उप्रेन्द्र यादव उपस्थित नभएपछि अन्य नेता घर फर्केका छन ।
गठबन्धनको एक प्रमुख घटक उप्रेन्द्र यादवले केहीदिनदेखि सम्मानजक भागवण्डा हुनुपर्ने बताउँदै आएका छन । उपेन्द्र यादव सहभागी नभएपछि आइतबार बिहान ८ बजे बैठक बस्ने भन्दै नेताहरू हिडेँका छन । केही घण्टा कुर्दा पनि यादव नआएपछि नेताहरू हिँडेका थिए ।
प्रकाशित मिति : 21:24









