कांग्रेसले भाडाका विद्यार्थी लगाएर त्रिविमा ताला लगाउने र शिक्षक कुट्ने काम गर्योः ओली
२४ भदाै, काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले त्रिभुवन विश्वविद्यालयमा भाडाका विद्यार्थी गाएर ताला लगाउने र शिक्षकलाई धुलो पारेर कुट्ने काम गरेको बताएका छन ।
अखिल नेपाल महिला संघको बैठकलाई भर्चुवल सम्बाेधन गर्दै अध्यक्ष ओलीले प्रहरीपछिपछि र अघिअघि ताला लगाउनेहरू भएको बताए । उनले भने, ‘असुरक्षा बढेको छ । त्रिभुवन विश्वविद्यालयमा सधैँ ताला लगाइन्छ । प्रहरी पछिपछि ताला लगाउनेहरू अगाडि अगाडि । त्यहाँ पढ्ने विद्यार्थी होइनन्, आन्दोलन गर्ने नाममा बाहिरबाट भाडाका विद्यार्थी ‘सो कल्ड विद्यार्थी’ झिकाएर ताला लगाउने, फोड्ने, शिक्षकलाई धुलो पारेर कुट्ने काम भएको छ ।’
अध्यक्ष ओलीले कांग्रेसले शिक्षकले कुटाइ खाएको र मुद्दा गलत भएको भनेर कांग्रेसले निवेदन हालेको जानकारी दिादै प्राध्यापक र मुद्दा कसरी नक्कली भयो भन्ने प्रश्न गरे । उनले भने, ‘अहिले त्यो कुटेको पनि नेकपा एमालेले नक्कली घाइते खडा गरेको भन्ने, निवेदन दिएर मुद्दा फिर्ता गरिपाउँ भन्ने लज्जास्पद कुरा, नक्कली घाइते अरे ! जो मान्छे छ महिना उठ्न नसक्ने स्थितिमा घाइते बनाइएको छ, अङ्गभङ्ग गरिएको छ, अहिलेसम्म वैशाखी नटेकी हिँड्न सक्ने अवस्था छैन । त्यस ठाउँमा गठबन्धनको मूलघटक नेपाली काँग्रेसको कार्यालयले निवेदन हाल्छ, यो मुद्दा नक्कली हो, प्राध्यापक कुटिएको भनिएको नक्कली घाइते खडा गरिएको हो र यो मुद्दा फिर्ता गरिपाउँ भनेर । त्यसपछि यो मुद्दा फिर्ता गर्नुपर्छ भनेर प्रहरीलाई दबाब दिइन्छ । यस कुरामा गृह मन्त्रालयको संलग्नता छ । महान्यायाधिवक्ताको कार्यालयको संलग्नता छ ।’
प्रकाशित मिति : 17:06









