३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

प्रधानमन्त्री देउवा चितवनमा

२४ भदाै, चितवन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज चितवन आएका छन् । नेपाली कांग्रेसले आयोजना गरेको ‘जनताको साथमा कांग्रेस’ कार्यक्रमको पहिलो चरणको समापन समारोहलाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा चितवन आएका हुन ।

बिहान ११ः१५ बजे नेपाली सेनाको हेलिकोप्टरबाट उहाँ चितवन आउनुभएको हो । प्रधानमान्त्री देउवाले आज चितवन कांग्रेसका जिल्ला नेता कार्यकर्ता भेट गर्दै छन् । यससँगै दिउँसो १२ बजे विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने अभियानको समापन एवं सम्मान कार्यक्रममा सहभागी भएर दिउँसो २ बजे उनी काठमाडौँ फर्कने कार्यक्रम छ । उनीसँगै गृहमन्त्री बालकृष्ण खाण पनि चितवन आएका छन् ।

प्रकाशित मिति : September 9, 2022 at 12:43 pm