२२ भदौ २०८३, सोमबार | Tue Sep 8 2026

नेशनल माइक्रोफाइनान्सको ६२ हजार ५ सय कित्ता सेयर बिक्रिमा

२४ भदाै, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । कम्पनीका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको ६२ हजार ५ सय कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले लघुवित्तले उक्त सेयरहरू बिक्री गर्न लागेको हो ।

उक्त सेयरको न्युनतम मूल्य ७ सय ५० रूपैयाँ तोकिएको छ । लगानीकर्ताहरुले सो वा सोभन्दा बढी मूल्य तोकेर बोलकबोल गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १०० र अधिकतममा १०ले भाग जारी गरी सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्।

कम्पनीले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई असोज २७ गते कार्यलयभित्र आवश्यक कागजपत्र संकलन गरेर संस्थाको सेयर रजिष्टार्ड एनआईबिएल एस क्यापिटल लाजिम्पाट काठमाडौंमा निवेदन दिन आग्रह गरेको हो ।

तोकिएको समय अवधिभित्र विद्यमान संस्थापक सेयधनीहरुबाट सेयर खरिदको लागि कुनै पनि आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : September 9, 2022 at 12:33 pm