२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

त्रिभुवन विश्वविद्यालयमा एमफिल/पिएचडीको प्रवेश परीक्षाको फारम भर्ने समय थपियो


२३ भदाै, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकायको डीन कार्यालयले एमफिल/पिएचडीको प्रवेश परीक्षाको फारम भर्ने समय अर्को सूचना नहुँदासम्मका लागि थप गरेको छ ।

बिहीबार सूचना जारी गर्दै डीन कार्यालयले दोब्बर दस्तुर बिनानै प्रवेश परीक्षाका लागि फारम भर्न मिल्ने जनाएको छ । यसअघि भदाै २४ गतेसम्मको समय दिइएकोमा बिहीबार अर्को सूचनामा परीक्षाको विवरण पनि सार्वजनिक हुने भन्दै कार्यालयले समय थपेको हो ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार २३:१३