२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

प्रधानमन्त्री देउवा र भारतीय सेनाध्यक्ष पाण्डेबीच भेटवार्ता

२१ भदाै, काठमाडाैं । नेपालको पाँच दिने भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री देउवा र सेनाध्यक्ष पाण्डेबीच भेटवार्ता भएको नेपाली सेनाले जनाएको छ । पाण्डेले आजै पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम पनि रहेको छ ।

यसअघि सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई मानार्थ महारथीको उपाधिबाट सुशोभित गरेकी थिइन् । नेपाल र भारतले एक अर्काका सेनाध्यक्षलाई मानार्थ महारथीको उपाधि दिने चलन छ।

प्रकाशित मिति : 17:31