३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026

प्रगतिशील प्राध्यापक संगठन बागमतीको अध्यक्षमा उपप्राध्यापक ओझा

२१ भदौ, चितवन । नेपाल प्रगतिशील प्राध्यापक संगठन बागमती प्रदेश कमिटीको अध्यक्षमा उपप्राध्यापक कृष्णप्रसाद ओझा चयन भएका छन । प्राध्यापक संगठनको चितवनमा सम्पन्न भएको प्रथम वागमती प्रदेश सम्मेलनले ओझालाई अध्यक्षमा निर्वाचित गरेको हो ।

सम्मेलनबाट उपाध्यक्षमा डा. मदन विष्ट, सचिवमा नारायण पौडेल, सहसचिवमा केशव तिमिल्सिना र कोषाध्यक्षमा संगीता थापा चयन भएका छन । यसैगरी सदस्यहरुमा क्रमशः डा. राजकुमार गुरुङ, खगेन्द्र बरायली, पुण्यप्रसाद कोइराला, पारसमणि तिमिल्सिना, पिताम्वर घिमिरे, कुमार खत्री, मनोज पोखरेल, सन्देश विडारी, डा. बासु गौतम, सूर्यप्रसाद शर्मा, रुद्रहरि ज्ञवाली, शान्ता अधिकारी, फरमूद मिया, डा. दुर्गा दाहाल, विनोद कुमार कार्की, षडानन्द गरागाई, प्रमोद घिमिरे, डा. नूरापति पन्त, चम्पकबाबु सिलवाल, सुदशृन श्रेष्ठ, डा. अमृत श्रेष्ठ, डा. दिपक तिवारी, किशोर घिमिरे, डा. हिमाल लुइटेल, लक्ष्मी पोखरेल र पदमलाल भारती चयन भएका छन ।

नेपाल गतिशील प्राध्यापक संगठनका केन्द्रीय उपाध्यक्ष मनोज विष्टको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे रहुन भएको थियो । त्यस अवसरमा उपाध्यक्ष पाण्डेले समाजको रुपमान्तरणमा प्राध्यापक वर्गका विशेष भूमिका हुने बताउँदै प्राध्यापकहरुले समसायमयिक ईश्यूहरुमा अनुसन्धानमा आधारित तर्कसंगत विचार निर्माणमा लाग्न अनुरोध गरे ।

यसैगरी कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्यद्वय जेएन थपालिया र पार्वती रावल, प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्ण भक्त पोखरेल, नेकपा एमाले चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय अध्यक्ष प्रा.डा. वेदराज केसी, महासचिव डा. पदम खतिवडा लगायतका व्यक्तित्वहरुले धारणा राखेका थिए ।

प्रकाशित मिति : September 6, 2022 at 1:15 pm